इमर्जिङ्ग नेपालको आठौं वार्षिक साधारण सभा आह्वान

0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले मङ्सिर १५ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभा उक्त दिन बिहान ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा डाकिएको छ । सभाले सञ्चालक साितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ८.४२१ प्रतिशत (४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले कार्तिक २१ गतेदेखि लागू हुनेगरी रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी श्रर्मिला श्रेष्ठ महर्जनको नियुक्तीलाई अनुमोदन समेत गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।