नेपाल बैंकको सञ्चालक घिमिरेद्धारा शपथ

0
Shares

नेपाल बैंक लिमिटेडको नवनियुक्त सञ्चालकमा साधना घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

नवनियुक्त घिमिरेले मङिसर १२ गते सञ्चालक समितिका अध्यक्ष चन्द्र बहादुर अधिकारीबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट घिमिरे बैंकको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएकी हुन् । मन्त्रालयले उनलाई बैंकको सञ्चालक नियुक्त गरेर पत्राचार गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।