ग्लोबल आईएमई बैंक सहित तीन कम्पनीको बोनस सूचीकृत

0
Shares

ग्लोबल आईएमई बैंक, नेशनल लाइफ इन्स्योरेन्स, र अपि पावर कम्पनीको गरि १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता बोनस शेयर पुस २२ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

जसमध्ये ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५५७ दशमलव ७९ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८६० दशमलव १३ कित्ता र अपि पावरको ५ लाख ६७ हजार कित्ता बोनस शेयर रहेको छ ।

मंगलबार सूचीकृत भएको तीनवटै कम्पनीको बोनस शेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त गरेपश्चात दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।