एनएमबि लघुवित्तको निष्काशित सबै हकप्रद बिक्यो, आइतबार बाँडफाँड

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद बाँडफाँड भएको छ। लघुवित्त कम्पनीले पुस २० गते शुक्रबार आइतबार हकप्रद बाँडफाँड गरिएको जनाएको छ ।

कतिपय कम्पनीको हकप्रद नबिकेर पटक पटक लिलामी मार्फत बिक्री गनूपर्ने अवस्थामा यस लघुवित्तको भने निष्काशित सम्पूर्ण कित्ता शेयर बिक्री भएको हो।यसले वित्तीय अवस्थामा राम्रो प्रदर्शन गर्दै आइरहेका क्रमपनीहरुले भारी मात्रामा हकप्रद जारी गर्दा पनि लिलामी गर्नुनपर्ने अवस्था देखाउँछ।

कार्तिक ६ गतेसम्म कायम शेयरधनीका लागि कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजी १५० प्रतिशत (१० बराबर १५ कित्ता अनुपातमा) लघुवित्तले २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद निष्काशन गरेको थियो। हकप्रद बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गर्न बाँकी रहेको छ। धेरै लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरिसकेको भएपनि क्रम्पनीको हकप्रद बाँडफाँड भएसँगै अब यस लघुवित्तको लाभांश पनि केही दिनभित्रै आउनसक्ने आंकलन गरिएको छ।