टोपबहादुरलाई थुनामै राख्न आदेश, खाणको मुद्दामा न्यायाधीशको मत बाझियो, रिजाललाई धरौटीमा छाड्न आदेश

0
Shares

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उच्च अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।

उच्च अदालत, पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेको हो। जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

थुनामा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पुगेका थिए। उच्च अदालतले पनि थुनामै राख्न आदेश गरेको हो।

पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ।

त्यस्तै, उच्च अदालतले भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणका विषयमा भने न्यायाधीशको राय बाझिएको छ। जसले गर्दा उनको मुद्दा अर्का न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।