धितोपत्र बजारमा गिरावट जारी‚ १८५१ बिन्दुमा झर्‍यो नेप्से

0
Shares

धितोपत्र बाजरमा पछिल्लो पाँच कारोबार दिनदेखि गिरावट जारी छ । घट्दो बजारकाबीच आइतबार नेप्से सूचक १८५१ दशमलव २३ बिन्दुमा अडिएको हो । पछिल्ला पाँच दिनमा बजार सूचक ५६.६८ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा एक अर्बभन्दा मुनीको कारोबार भएको छ । सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक करिब ७ करोड सहित कुल ९६ करोड माथिको सेयर खरिद बिक्री भएको हो । आजको बजारमा २९३ स्क्रिप्टको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार ९७७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा समेटिएको छ ।

आइतबार कारोबारमा आएका उपसमुहगत सूचक अधिकांश घटेका छन् । लघुवित्तको इन्डेक्स ०.०६ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड सर्वाधिक १.२५ प्रतिशतले घटेको छ । यस्तै बाँकी सबै एक प्रतिशतभन्दा कमले घटेको छ ।  बजारमा देखिएको मन्दीकाबीच आजको बजारमा थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.६३ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको मूल्य ३४ रुपैयाँले बढेर प्रतिकित्ता ३८७ रुपैयाँ पुगेको छ । यसैगरी सबैको लघुवित्तको सेयर मूल्य ९.०४ प्रतिशत, इङ्वा हाइड्रोपावर ८.६० प्रतिशत, माइखोला हाइड्रोपावरको ६.२८ र मोलुङ्ग हाइड्रोपावरको ५.६९ प्रतिशतले मूल्य बढेको छ ।

उता आजको बजारबाट माउन्टेन इनर्जी लिमिटेडको सेयर ९.९९ प्रतिशतले घटेर ५३० रुपैयाँ ६० पैसामा झरेको छ । यस्तै युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको ९.९९, एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको ९.९८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथस्कीम–२ को ६.३३ प्रतिशत र कुमारी इक्वीटी फन्डको ५.८९ प्रतिशतले मूल्य घटेको छ ।

सोनापुर मिनरल्स एण्ड आयलको ६ करोड ९५ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ३ करोड १५ लाख ६१ हजार, सिटिजन लाइफको २ करोड ७७ लाख १३ हजार, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको २ करोड ७० लाख ७५ हजार र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार कारोबार कित्ता र कारोबार सङ्ख्या दुबैका आधारमा ोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अग्र स्थानमा रहेको छ । कम्पनीको २ लाख ३६ हजार ७८८ कित्ता सेयर ५ हजार २८७ वटा सङ्ख्यामा कारोबार भयो ।

आइतबारको गिरावटपछि कुल बजार पुँजीकरण ११ अर्ब २४ करोड ९० लाख रुपैयाँले घटेर २८ खर्ब ५४ अर्ब २९ करोड ८१ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार २८ खर्ब ६५ अर्ब ५४ करोड ७२ लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।