रिलायन्स फाइनान्सको लाभांश घोषणा, यस्तो छ पाँच वर्षे लाभांश इतिहास

0
Shares

रिलायन्स फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट वितरण गरिने लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार छ। जस अनुसार फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंक स्वीकृति पश्चात फाइनान्सको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

फाइनान्सले आर्थिक वर्ष २०७४/७५ मा २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०७१/७२ मा २१ प्रतिशत लाभांश बाँडेको यस फाइनान्स कम्पनीको पूँजी वृद्धिसँगै लगानीकर्तालाई वितरण गर्ने लाभांश घट्दै गएको हो। यद्यपी अघिल्लो आवको तुलनामा भने फाइनान्सको लाभांश ४ प्रतिशतले बढेको छ । त्यसअघिका तीन वर्षमा फाइनान्सको लाभांश घटेर २.६३ प्रतिशत नगदसम्म झरेको थियो।