बी एन्ड बी हस्पिटलको ९ महिनाको आम्दानी १ अर्ब बढी

0
Shares

बी एन्ड बी हस्पिटलले आर्थिक वर्ष २०२३ को ९ महिनामा १ अर्ब ५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०२२ मा १ अर्ब ३२ करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो। आव २०२३ को ९ महिनाको आम्दानीलाई आव २०२२ को सोही अवधिको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी ५.७० प्रतिशतले बढेको हो ।

हस्पिटलको सञ्चालनमा आम्दानीमा देखिएको सुधारसँगै अन्य वित्तीय सूचांकमा समेत वृद्धि देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२३ को ९ महिनमा कुल सञ्चालन आम्दानीको २४ प्रतिशत रहेको छ । जुन गत आवमा १५ प्रतिशत थियो ।

सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै हस्पिटलको सञ्चालन नाफा समेत बढेको छ। आव २०२३ को ९ महिनामा नै सो नाफा १५ प्रतिशत पुगेको हो ।

ललितपुरको ग्वार्कोमा अवस्थित उक्त हस्पिटल सन् १९९४ मा स्थापना भएको हो । १०० सैयाको क्षमता रहेको उक्त अस्पतालले मेडिकल, सर्जिकल, डायगोनास्टिक, अर्थोपेडिक, युरोलोजी, कार्डियोलोजी, न्युरोलोजी सम्बन्धी सेवा दिनुका साथै पछिल्लो समयमा क्यान्सर रोग निदानको सेवा समेत दिँदै आएको छ ।
हस्पिटलमा डा.अशोल कुमार बास्कोटा, डा.जग्दीश लाल वैद्य र उनका पारिवारिक सदस्यहरुको लगानी रहेको छ ।

कुल ९२ करोड बराबरको कर्जाका लागि हस्पिटलले साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ८६ करोड ५४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ५ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

हस्पिटलको वित्तीय विवरण अनुसार कुल कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ५.९१ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।