मुक्तिनाथ कृषिको आईपीओमा ६५ हजार बढी आवेदन रद्द, यसरी हेर्नुहोस् बाँडफाँड नतिजा

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा ६५ हजारभन्दा बढी आवेदन रद्द भएको छ । तोकिएको मापदण्डभन्दा बाहिरबाट आवेदन परेका ६५ हजार ६३२ वटा आवेदन रद्द गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको हो ।

बिक्री प्रबन्धकका अनुसार रद्द भएको उक्त संख्याबाट ९ लाख ३५ हजार ४०० कित्ताको आवेदन परेको थियो । रितपुर्वक माग नपरेका कारण सबै आवेदन रद्द गरिएका छन् । क्यापिटलका अनुसार आईपीओमा आवेदन गरिएका ६१ हजार ३३२ वटा आवेदनबाट परेको ८ लाख ७५ हजार ५२० कित्ताको माग रद्द भएका छन् । यस्तै सस्पेक्टेड ९८९ वटा आवेदनबाट माग भएको ११ हजार ६५० कित्ता, वैदेशिक रोजगारीमा रहेका ३ हजार १२२ जना नेपालीबट दोहोरो आवेदन परेको ४४ हजार ४९० कित्ता, १८९ कर्मचारी र संस्थापकबाट माग भएको ३ हजार ७४० कित्ताको माग पनि रितपुर्वपक नपरेका कारण रद्द गरिएको हो ।

क्यापिटलको कार्यालय लाजिम्पाटमा भएको सेयर बाँडफाँडमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख १४ हजार ८०० जनाले मात्र गोलाप्रथाबाट सेयर हात पारका छन् । आईपीओमा आवेदन दिएका कुल योग्य आवेदक १२ लाख ७४ हजार ५६७ मध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। भने दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

यसरी हेर्नुहोस् बाँडफाँड नतिजा

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँडको नतिजा प्रकाशित भैसकेको छ । बाँडफाँडको नतिजा विभिन्न तरिकाबाट हेर्न सकिन्छ ।

जसमध्ये सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ बाँडफाँडको नतिजा हेर्नका लागि नै विकास गरेको वेबसाइट, बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट, मेरो सेयरको एप्लीकेशन रिर्पोटआईपीओ निष्कासनकर्ता कम्पनी मुक्तिनाथ कृषि कम्पनीको वेवसाइट मार्फत समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिनेछ ।

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी (मुक्तिनाथ कृषि कम्पनी, फर जनरल पब्लिक) छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि बाँडफाँडको नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । आईपीओ बाँडफाँडको नतिजा सम्बन्धीत सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।