स्टार हस्पिटलले कर्जा भुक्तानी गर्न सकेन, टाट पल्टिने संकेत

0
Shares

ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले ८५ करोड ७० लाख बराबरको कर्जा भुक्तानी गर्न सकेको छैन ।

सन् २०२३ को अक्टोबर ३१ सम्मामा भुक्तानी गर्नुपर्ने सो कर्जा हस्पिटल सञ्चालक समितिले भुक्तानी गर्न नसक्दा रेटिङ एजेन्सी इक्रा नेपालले हस्पिटललाई ‘डिफल्ट’कम्पनीको सूचीमा राखेको हो ।

हस्पिटलको साख समीक्षा गर्दै एजेन्सीले कम्पनीलाई ‘डि’ रेटिङ गरेको छ । पछिल्लो समयमा उपत्यकामा हस्पिटलहरुको संख्या बढ्दै गएको छ । उपत्यका बाहिरबाट आएका बिरामी सरकारी तथा अर्ध-सरकारी हस्पिटलहरुमा उपचारका लागि जाने र उपत्यकाका मानिसहरु अत्याधुनिक सुविधा सम्पन्न हस्पिटलहरुमा उपचार गराउने क्रम बढ्दो छ । जसकारण निजी क्षेत्रबाट सञ्चालनमा आएका हस्पिटलहरुबीच प्रतिस्पर्धा बढेको छ ।

आर्थिक वर्ष २०२२ मा ७४ करोड ५० लाख सञ्चालन आम्दानी गरेको हस्पिटलको आम्दानीमा ठूलो गिरावट आएको छ । आव २०२३ मा हस्पिटलले ४५ करोड १० लाख रुपैयाँ सन्चालन आम्दानी गरेको छ । घट्दै गएको आम्दानीका कारण अन्य वित्तीय सूचकांक समेत कमजोर देखिएका छन् । जसकारण हस्पिटल आगामी समयमा टाट पल्टिने सम्भावना बढेर गएको हो ।

सन् २००७ मा स्थापना भएको हस्पिटल सन् २०१० मा पब्लिक लिमिटेडमा परिणत भएको थियो । १०० श्यैयाको क्षमता रहेको स्टार हस्पिटलले मेडिकल, सर्जिकल र डायगोनास्टिक सेवा दिदै आएको छ । तर समयमा कर्जा भुक्तानी गर्न नसक्दा हस्पिटल टाट पल्टिने सम्भावना बढेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।