आठौं करोबार दिन नेप्सेमा झिनो सुधार, एक अर्ब १४ करोडको किनबेच

0
Shares

पछिल्लो सात कारोबार दिन लगातार ओरालो लागेको नेप्से आठौं कारोबारको दिन झिनो अंकले बढेको छ । यस साताको कारोबारको चौथो दिन बुधबार नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलब ४ विन्दुमा बन्द पुगेको हो ।

नेप्सेमा सामान्य सुधार आएपनि कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा १२१ कम्पनीको सेयरमूल्य बढ्दा १०६ कम्पनीकोे घटेको छ भने १३ वटा कम्पनीको स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.७० प्रतिशत घटेको छ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रो इनर्जि लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.१३ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको ७ करोड ३४ लाख बराबरको कारोबार भयो ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।