एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि २५ करोड डलर ऋण स्वीकृत

0
Shares

एसियाली विकास बैङ्क (एडिबी) ले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ । 
 
वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढीको जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ ।
 
तल्लो क्षेत्रमा बढ्दो जनसङ्ख्या र सम्पत्तिका साथै रणनीतिक आर्थिक करिडोरका रूपमा रहेको इन्डोनेसियाको जाभा टापुको उत्तरी तटीय क्षेत्र बाढी र जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको एडिबीले बताएको छ । 
 
उक्त परियोजनाको लक्ष्य पश्चिम जाभा र मध्य जाभामा सिमानुक–सिसाङ्गारङ नदी बेसिन क्षेत्रमा बाढीको जोखिम व्यवस्थापनलाई कार्यान्वयन गर्नु रहेको छ । यसबाट चार लाख ८५ हजार मानिसलाई बाढीको जोखिम कम गर्न सहयोग पुग्नेछ । 
 
परियोजनाले जाकर्तालाई पूर्वी जाभासँग जोड्ने मुख्य सडकमा बाढीको जोखिम र यातायात व्यवधानका कारण आर्थिक केन्द्रहरूको जोखिमलाई कम गर्न सहयोग गर्ने पनि बैंकले उल्लेख गरेको छ । यसबाट अन्ततः स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा फाइदा पुग्ने बैंकको भनाइ छ । 
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।