सेयर बजार ६%ले बढेपछि आजका लागि कारोबार स्थगित, १११ अंकले बढ्यो नेप्से

0
Shares

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आइतवार खुलेको सेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक ६ प्रतितशलेले बढेको छ ।

सेयर बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ ।

आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजारमा दोस्रो सर्किट लागेको थियो। त्यसपश्चात ४० मिनेटपछि खुलेको बजार थप एक प्रतिशत माथि उक्लिएपछि आजका लािग कारोबार स्थगित भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।