मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

0
Shares

खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएकी छिन्। 

पुस २३ गते बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।

निर्देशन दिँदै मन्त्री मगरले भनिन् “मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस्, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस्।”

छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिए। उनले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सम्पन्न भएको बताए। सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ ।