धादिङका निरज थापाले पाए इसेवाको एकाउन्ट लिंक मार्फत भुक्तानी गर्दा ३५० सी सी को मोटरसाइकल

0
Shares

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छन् ।

विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरियो । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरे ।

मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाए ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।