नेप्सेमा ५७ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २४ गते बिहीबार ५७ हजार ६०० कित्ता शेयर सूचीकृत भएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट वितरण गरेको चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बराबरको शेयर बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत भएको हो।

सूचीकृत भएको उक्त बोनस शेयर गत असार ३० गते सम्पनन लघुवित्तको आठौं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो। असार १७ गतेसम्म कायम लघुवित्तका शेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि उक्त बोनस शेयर नेप्से मार्फत कारोबार गर्न सक्नेछन्।