नेपालको सहरी क्षेत्र विकासका लागि एडिबीको झण्डै २२ अर्ब ऋण सहयोग

0
Shares

एशियाली विकास बैंकले नेपालको सहरी क्षेत्र विकासका लागि १६ करोड ६० लाख अमेरिकी डलर अर्थात् २१ अर्ब ९२ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको ऋण सहयोग स्वीकृत गरेको छ ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका विभिन्न सहरहरु प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले निमत्याएको असरहरु भोगिरहेका छन् । ती सहरहरुको अनुकूलन क्षमता वृद्धि गर्न र दिगो पर्यटन पूर्वाधारको विकास गरी स्थानीय अर्थतन्त्र सबल बनाउन सहयोग गर्ने उद्देश्यले एडिबीले उक्त ऋण सहयोग गरेको जनाएको छ ।

‘अर्वान रिजिलियन्स एन्ड लाइभेबीलिटी इम्प्रुभमेन्ट’ परियोजना अन्तर्गत देवदेह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिकाका साथै पोखरा महानगरपालिका र जनकपुर महानगर पालिकाका विभिन्न स्थानहरुको विकास तथा प्रवद्र्धनका लागि एडिबीबाट प्राप्त ऋण सहयोग लागु हुनेछ ।

एडिबीको यस सहयोगले नेपाल सरकारले सुरुवात गरेको राष्ट्रिय सहरी विकास रणनीतिमा थप सहायत गर्ने र सरकारले अघि बढाएका दिगो विकासको लक्ष्य प्राप्तिका लागि थप मदत पुग्ने एडिबीका परिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले बताएकी छिन् ।

यस परियोजनाले वर्षायामको समयमा सहरी क्षेत्रमा देखिने ड्रेनेजको समस्या समाधान गर्न १५० किलोमिटर स्ट्रमवाटर डे«नेज, १०० किलोमिटर सडक निर्माण र ४५ किलोमिटरको अपाङ्ग तथा बालबालिका मैत्री फुटपाथ निर्माण गर्ने उद्देश्य लिएको छ । यसका साथै परियोजनाले साइकल लेनको निर्माण समेत गर्नेछ ।

परियोजनाले नगरपालिकाहरुको क्षमता विकास गर्नुका साथै सहरी क्षेत्रको अनुकूलन क्षमता वृद्धि गर्ने, इकोसिस्टमको व्यवस्थापन गर्ने र महिला तथा पिछडिएका समूहहरुलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जन गर्न सघाउने लक्ष्य लिएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोग अन्तर्गत ६० लाख डलर ७९ करोड २४ लाख ८१ हजार बराबरको अनुदान समेत समावेश छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।