साना किसानको लाभांश संशोधन, अब कति ?

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलेप्रस्तावित लाभांश परिमार्जन गरेको छ । यसअघि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत नगरेपछि लघुवित्तले संशोधन गरेको हो ।

संशोधनपछि लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशतका बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसअनुसार कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँबाट ४७ करोड ४७ लाख ५५ हजार ५९४ रुपैयाँ १३ पैसा बोनस र २ करोड ४९ लाख ८७ हजा १३६ रुपैयाँ ५३ पैसा नगद लाभांश गरी कुल ४९ करोड ९७ लाख ४२ हजार ७३० रुपैयाँ ६६ पैसा वितरण गर्नेछ ।

यसअघि लघुवित्तले मङ्सिर २४ गते आइतबार बिहान सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।