लाभांश पारित गर्न सोल्टी होटलले बोलायो साधारण सभा


सोल्टी होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।  सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभाले गत वर्षको नाफाबाट ३१.५७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित छ । सभाले  सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश गरी कूल ३१.५७८ प्रतिशत लाभांश पारित गर्ने भएको हो । 

यस्तै सभाले आथिएक वर्ष २०७९\८० को सञ्चालन समितिको वार्षिक प्रतिवेदन पारित गर्ने छ । सोल्टीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।