अप्पर सोलु हाइड्रोको आठौं वार्षिक साधारण सभा पुस २६ मा

0
Shares

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते आठौं वार्षिक गर्ने भएको हो । मङ्सिर २२ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९—८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०—८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते मंगलबारदेखि २६ गतेसम्म बुकक्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयधरनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।