स्वाभिमान लघुवित्तको बोनसमा शेयरमूल्य समायोजन

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २५ गते शुक्रबार २४ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन भएको छ। गत आवको मुनाफाबाट लघुवित्तले वितरण गर्न साधारण सभाका लागि शुक्रबार बुकक्लोज भएसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले लघुवित्तको २४ प्रतिशत बोनसपछि प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा समायोजित शेयर मूल्य निर्धारण गरेको छ । शेयरमूल्य समायोजनसँगै पुस २७ गते आइतबार लघुवित्तको समायोजित शेयरमूल्यलाई आधार मानेर खुल्नेछ।

प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले बुटवलको डार्सिज इन्टरनेशनल होटलमा माघ १० गते साधारण सभा आह्वान गरेको छ। सभाले २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। यसअनुसार पुस २४ गते बिहीबारसम्म कायम रहेका शेयरधनी लाभांशका लागि योग्य हुनेछन्।

यसैगरि साधारण सभामा २४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभाबाट पारित हकप्रद प्स्तावपछि बिक्री प्रबन्धक नियुक्ती तथा धितोपत्र बोर्डबाट अनुमोदन भई फेरि हकप्रदका लागि बुकक्लोज गरेर मात्र हकप्रद निष्काशनमा आउनेछ ।