सेन्ट्रल फाइनान्सले घोषणा गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतीमा फाइनान्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ। जसअनुसार कम्पनीले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।