रुरु जलविद्युतद्वारा लाभांश घोषणा


रुरु जलविद्युत परियोजनाले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते लिसरा रेसेप्सेन नक्साल काठमाण्डौंमा बिहान १०।३० बजे वार्षिक साधारण सभा  बोलाएको छ । 

सभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।