नेपाल ल्यूबद्वारा ३०% लाभांश घोषणा, तोक्यो साधारण सभा र बुक क्लोज मिति


नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै कम्पनीले पुस २५ गते याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११:३० बजे सभा आह्वान गरेको छ ।  सभाले लाभांश प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०७९\८० को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०\८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस ९ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।