नेपाल बैंकको साधारण सभा सम्पन्न, चुक्ता पूँजी ११ अर्ब २८ करोड पुग्यो

0
Shares

नेपाल बैंकको शुक्रबार सम्पन्न ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस पारित गरेसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

पुस २५ गते शुक्रबार नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न साधारण सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो। बैंकले २३ वर्षपछि शेयरधनीहरुलाई लाभांश बाँडेको हो।

सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँमा बढाउँदै बैंककको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

बैंकको लाभांश साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १२ गतेसम्म कायम शेयरधनी मात्र पाउनेछन्।