ब्रिक्स राष्ट्रहरुको नयाँ मुद्रा सन् २०२४ मा सार्वजनिक हुनसक्ने

0
Shares

उदीयमान राष्ट्रहरु (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका)को संगठन–ब्रिक्स राष्ट्रहरुको अगस्ट महिनामा सम्पन्न बैठकले नयाँ मुद्रा विकास गर्ने घोषणा गरेको थियो । पछिल्लो समयमा पश्चिमा राष्ट्रहरुले रुस तथा चीनमाथि प्रतिबन्ध लगाएका कारण ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा तीव्रताका साथ विकास गरिरहेका छन्।

विश्लेषकहरुका अनुसार सन् २०२४ को अन्त्यसम्ममा ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा सार्वजनिक गर्नेछन् । ब्रिक्स राष्ट्रहरुले विकास गरिरहेको नयाँ मुद्राले विश्वव्यापी व्यापार प्रणालीमा थप नयाँपन ल्याउने छ । नयाँ मुद्राकै प्रयोग गरी ब्रिक्स अन्तर्गतका राष्ट्रहरुले कारोबार गर्नेछन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले विश्वव्यापी व्यापारमा डलरको एकाधिकार तोड्न अनेकन प्रयास गरिरहेको समयमा ब्रिक्स राष्ट्रले नयाँ मुद्रा लन्च गर्नुले विश्व अर्थतन्त्रलाई नयाँ मार्गदर्शन प्रदान गर्नेछ ।

अगस्ट ३३ देखि २४ सम्म दक्षिण अफ्रिकाको जुहान्सबर्गमा सम्पन्न भएको उक्त बैठकको एजेन्डा पारस्परिक दिगो आर्थिक वृद्धि, समावेशी तथा दिगो विकासका लागि बहुपक्षीय साझेदारी थियो । यसै उद्देश्य पूरा गर्न र अन्तराष्ट्रिय व्यापारमा एकाधिकार जमाइरहेको डलरको विकल्पमा नयाँ मुद्रा विकास गर्ने लक्ष्य ब्रिक्स राष्ट्रहरुको थियो ।

ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्राको प्रयोग गरी एकआपसमा व्यापार गर्नेछन् । सन् २०२३ मा ब्रिक्स राष्ट्रहरुले अर्जेन्टीना, इजीप्ट, इथोपिया, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएइ) र इरानलाई सहभागी हुन निम्तो दिएका छन् । साउदी अरेबिया, युएइ र इरान ब्रिक्समा जोडिँदा ब्रिक्स संगठन थप बलियो हुने देखिन्छ ।

हाल ब्रिक्स राष्ट्रहरुले संयुक्त रुपमा विकास गरेको न्यु डेभलपमेन्ट बैंकले नयाँ मुद्राको विकासका लागि काम गरिरहेको छ । ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा लन्च गरेको खन्डमा यसले अन्तराष्ट्रिय भुक्तानीका लागि प्रयोग हुँदै आएको डलरसँग प्रतिस्पर्धा गर्ने र डलरको वर्चस्व कम गर्ने आशा गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।