मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा


मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष मूनाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ९.७५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५२ नगद लाभांश गरी कूल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।