अझै ६ विकास बैंकको लाभांश घोषणा हुन बाँकी, तीन वटाले दिएनन्

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ विकास बैंकमध्ये हालसम्म पनि ६ वटा विकास बैंकले लाभांश वितरण सम्बन्धी प्रस्ताव गरेका छैनन् । सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तीन वटाले भने सेयरधनीको हात खाली पारेका छन् ।

तथ्याङ्क अनुसार लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । वित्तीय अवस्था कमजोर रहेकाले लाभांश घोाषणा गर्न बाँकी धेरै बैंकबाट सेयरधनीले लाभांश पाउने अवस्था छैन ।

समीक्षा अवधिमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने घोषणा निर्णय गर्दै साधारण सभा समेत आह्वान गरिसेकका छन् । ज्योति विकास बैंकले र सप्तकोशी डेभलपमेन्ट बैंकले पुस २९ गते आइतबार तथा कामना सेवा विकास बैंकले पुस १७ गते वार्षिक साधारण सभा आह्वान गरेका हुन् ।

सात विकास बैंकले गरे लाभांश घोषणा, बोनस सेयरलाई प्राथमिकता

पुस १० गते मंगलबारसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकहरुमा नै सबैभन्दा बढी १०.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत गरी कुल १०.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शाइनले मङ्सिर २३ गते नै साधारण सभा समेत सम्पन्न गरिसकेका छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले गत मङ्सिर ११ गते सोमबार बुकक्लोज गरेको थियो ।

यसैगरी मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहितका अन्य प्रस्ताव पारितका गर्न बैंकले पुस २८ गते शनिबार साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते बिहीबार बुकक्लोज गर्दैछ ।

Sector -Development Banks Stock Symbol Bonus Cash Total Bookclose AGM
Shine Resunga Development Bank SHINE 10.50 0.55 11.05 Mangsir 11, Monday Mangsir 23, Saturday
Muktinath Bikas Bank Ltd. MNBBL 9.75 0.51 10.26 Poush 19, Thusday   Poush 28, Saturday
Miteri Development Bank Limited MDB 9.50 0.5 10.00 Mangsir 28, Thusday Poush 14, Saturday
Garima Bikas Bank Limited GBBL 9.50 0.50 10.00 Poush 17, Tuesday Poush 29, Sunday
Lumbini Bikas Bank Ltd. LBBL 4.00 4.50 8.50 Poush 17, Tuesday Poush 26, Thusday 
Mahalaxmi Bikas Bank Ltd. MLBL 0.00 6.40 6.40 Poush 19, Thusday   Poush 28, Saturday
Shangrila Development Bank  SADBL 5.00 0.26 5.26 Mangsir 11, Monday Mangsir 24, Sunday
Kamana Sewa Bikas Bank Limited KSBBL 0.00 0.00 0.00 Mangsir 29, Friday Poush 17, Tuesday
Jyoti Bikas Bank Limited JBBL 0.00 0.00 0.00 Poush 16, Monday  Poush 29, Sunday
Saptakoshi Development Bank SAPDBL 0.00 0.00 0.00 Poush 17, Tuesday Poush 29, Sunday

 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ९.५० प्रतिशत बोनस सेयर र बर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले साधारण सभाबाट लाभांश पारित गर्न पुस १४ गते शनिबार एजीएम बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मङ्सिर २८ गते बिहीबार बुकक्लोज गरिसकेको छ ।

लाभांश घोषणा गरेका बैंकमध्ये गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस २९ गते आइतबार साधारण सभा बोलाएको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारितका लागि कम्पनीले पुस २६ गते बिहीबार साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिमा र लुम्बिनी दुबै बैंकले पुस १७ गते मंगलबार बुकक्लोज गर्दैछन् ।

महालक्ष्मी विकास बैंकले यस वर्ष करसहित ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश पारितका लागि बैंकले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते बिहीबार बुकक्लोज गर्दैछ । साथै सांग्रिला डेभलपमेन्ट बैंकले ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कुल लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले गत मङ्सिर ११ गते सोमबार बुकक्लोज गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।