भारतीय सेयर सूचांक-निफ्टी र सेन्सेक्स हालसम्मकै उच्च विन्दुमा

0
Shares

भारतीय सेयरबजार नयाँ ऐतिहासिक विन्दुमा पुगेको छ । सेयरबजार बेन्चमार्क सूचांक–बीएसई सेन्सेक्स र निफ्टी दुवै सूचांक बढ्दा भारतीय सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

प्रि–ओपनिङ मै निफ्टी ५६.३० विन्दुले बढेर २१ हजार ४९७.६५ को नयाँ विन्दुमा पुगेको छ भने बीएसई सेन्सेक्स १५० विन्दुले बढेर ७१ हजार ४९२.०३ विन्दुमा पुगेको हो । निफ्टी बैंक, निफ्टी ५०, निफ्टी नेक्स्ट ५०, निफ्टी १००, निफ्टी २००, निफ्टी मिडक्याप १०० परिसूचकमा भएको वृद्धिका कारण निफ्टी सुचांक बढेर ऐतिहासिक विन्दुमा पुगेको छ ।

यता बीएसई सेन्सेक्सको पनि बीएसई सेन्सेक्स, सेन्सेक्स ५०, सेनसेक्स नेक्स्ट ५०, बीएसई १००, बीएसई २००, बीएसई २५० लार्जमिडक्याप लगायतका परिसूचकमा भएको वृद्धिका कारण बीएसई सेन्सेक्सले हालसम्मकै उच्च छलाङ मारेको छ ।

बीएसई सेन्सेक्समा सूचीकृत भएका अल्ट्राटेक सिमेन्ट, टाटा मोटर्स, इन्डसल्यान्ड बैंक, जेएसडब्लु स्टील, टाटा स्टील लगायतका कम्पनीहरुको सेयर अधिकांश २.८ प्रतिशत देखि १.२६ प्रतिशतको रेन्जमा बढेको छ । यस्तै निफ्टीमा सूचीकृत भएका कम्पनीहरु मध्ये हिन्डाल्को इन्डष्ट्रिज, एसबीआई लाइफ इन्स्योरेनस कम्पनी, अल्ट्राटेक सिमेन्ट, टाटा स्टील लगायतका कम्पनीहरुको सेयर मूल्य अधिकतम ३.७३ प्रतिशत देखि १.७ प्रतिशतसम्म बढेको छ ।

भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले मूल्यवृद्धि नियन्त्रणका लागि आक्रामक शैलीमा ब्याजदर बढाइरहेको थियो तर सन् २०२४ मा आरबीआईले सफ्ट लेन्डीङ गर्ने जानकारी पाएसँगै हाल भारतीय सेयरबजारमा हरियाली छाइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।