कुमारी बैंकले बाँड्यो बोनस, कागजी शेयर डिम्याट गर्न आग्रह

0
Shares

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिगत असोज ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएको १० प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा पठाएको छ ।

साधारण सभाका लागि बुकक्लोज (भदौ २९ गते) को अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुको डिम्याट खातामा नै उक्त बोनस शेयर जम्मा गरिएको हो। कागजी शेयर धारण गरेका शेयरधनीले आफुसँग भएको शेयर डिम्याट गरेपछि स्वत डिम्याट खातामा बोनस प्रास्त हुने जनाइएको छ।

हालसम्म पनि डिम्याड नगरेका (कागजी शेयर धारण गरेका) शेयरधनीलाई बैंकले यथाशीघ्र नजिकैको निक्षेप सदस्य मार्फत शेयर डिम्याट गर्न आग्रह गरेको छ। हाल कुमारी क्यापिटलले सीमित अवधिका लागि निशुल्क डिम्याट खाता खोलिरहेकाले शेयरधनीले कुमारी बैंकको कुनैपनि शाखा कार्यालय मार्फत पनि शेयर डिम्याट डर्न सक्नेछन्।

बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल रहेको छ।