बुलिस बजारमा निर्जीबन बीमा र लघुवित्तमा लगानीकर्ताको आकर्षण

0
Shares

शेयर बजार परिसूचक नेप्से आइतबार २७ अंक धेरैले बढेपछि शेयर बजारका लगानीकर्ताहरु निर्जीबन बीमा कम्पनी र लघुवित्तका शेयरमा आकर्षित भएका छन्।

आइतबारको कारोबारको दुई घण्टा अवधिमा शिर्ष कमाउने दश कम्पनीहरुको सूचीमा ६ निर्जीबन बीमा र ४ लघुवित्त रहेका छन्। सबैको कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ ।

यस अवधिमा १६४ कम्पनीका साढे १२ लाख कित्ता शेयर करिब ५० करोड रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। ग्रामीण विकास लघुवित्तको सबैभन्दा धेरै साढे ३ करोड बढीको कारोबार भएको छ।

प्रिमियर, सिद्धार्थ, प्रभु, सगरमाथा, प्रडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स कम्पनी तथा स्वाभिमान, घोडिघोडा, समता र ग्रामीण विकास लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशत बढी कमाएका छन्।