अपर तामाकोशीले १ करोड ७० लाख कित्ता हकप्रद बोलपत्रद्वारा बिक्री गर्ने


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।

कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बिक्री गर्ने भएको हो । न्यूनतम प्रति शेयर मूल्य१०० रुपैयाँ तोकिएको छ । उक्त हकप्रदमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

सेयरमा भोली पुस १३ गतेदेखि २९ गतेसम्म नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सकिने छ ।

यस्तै सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, र लक्ष्मी सन्राईज बैंक लिमिटेडको तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।