लोअर इर्खुवा हाइड्रोको आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित डाक्यो एजीएम

0
Shares

लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावसँगै साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा डाकेको छ ।

सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु समेत सभाले पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।