मंगलबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


मंगलबार ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

जीवन विकास लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआईडिसिएल), कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले मंगलबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारित गर्नको लागि लघुवित्तले पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रताव पारित गर्ने छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

यस्तै , कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभा पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

त्यसैगरी, यूनिभर्सल पावरले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।