लघुवित्तहरूको लाभांश : सूचीकृत ५५ मध्ये ३५ ओटाको छिनोफानो, २० ले अझै गरेनन्

0
Shares

नेप्सेमा सूचीकृत ५५ ओटा लघुवित्तीय संस्थाहरुमध्ये हालसम्म ३५ ओटा कम्पनीले लाभांश दिन वा नदिने निक्रर्यौल गरेका छन् । हालसम्म आर्थिक वर्ष २०७९–८० को खुद मुनाफाबाट १५ ओटाको मात्र लाभांश घोषणा भएको छ । उक्त वर्षबाट लाभांश दिने भन्दा नदिने लघुवित्तको सङ्ख्या बढी छ । २० लघुवित्तले सञ्चालक समिति बैठकबाट गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेका छन् ।

नेप्सेमा सूचीकृत २० ओटा लघुवित्तीय संस्थाहरुले भने हालसम्म पनि लाभांश दिने वा नदिने निर्णय गरिसकेका छैनन् । बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी ऐन तथा कम्पनी रजिष्टर्ड ऐनअनुसार कम्पनीहरूले नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी वार्षिक साधारण सभामा सकाउनुपर्छ । तर करिब दुई दर्जन कम्पनीहरु भने कानून परिपालनामा कमजोर देखिएका हुन् ।

लाभांश घोषणा गरेकामध्ये पाँच ओटाले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् । २१ ओटाले सभा बोलाइसकेका छन् । लाभांशको निक्र्यौल गरेका ९ ओटा तथा लाभांश घोषणा गर्न बाँकी २० गरी कुल २९ ओटाले अझै साधारण सभा डाक्न ढिलाइ गरेका छन् । लाभांश घोषणा गरेका १५ लघुवित्त वित्तीय संस्थाहरूमध्येमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को खुद मुनाफामध्येबाट सबैभन्दा धेरै २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै नेष्डो समृद्ध, साना किसान विकास लघुवित्त, एनआईसी एशिया, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र छिमेक लघुवित्त वित्तीय संस्थाले पनि सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेका छन् ।

Sector-Microfinance Stock Symbol Bonus Cash Total Bookclose AGM
Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited SWMF 20.00 0.00 20.00  –
NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd. NESDO 0.00 15.00 15.00 Ashoj 18, Thusday Ashoj 26, Friday
Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited SKBBL 14.25 0.75 15.00 Poush 16, Monday Poush 29, Sunday
NIC Asia Laghubitta Bittiya Sanstha Limited NICLBSL 0.00 15.00 15.00 Mangsir 25, Monday Poush 6, Friday
Dhaulagiri Laghubitta Bittiya Sanstha Limited DLBS 14.25 0.75 15.00  –  –
First Micro Finance Development Bank Ltd. FMDBL 7.50 7.50 15.00 Poush 12, Thusday Poush 28, Saturday
Aatmanirbhar Laghubitta Bittiya Sanstha Limited ANLB 10.00 5.00 15.00 Poush 16, Monday Poush 28, Saturday
Chhimek Laghubitta Bikas Bank Limited CBBL 5.00 10.00 15.00 Poush 17, Tuesday Poush 29, Sunday
Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited JBLB  14.00 0.74 14.74 Poush 18, Wednesday Poush 29, Sunday
Support Microfinance Bittiya Sanstha Ltd. SMB 13.00 0.68 13.68 Poush 16, Monday Poush 27, Friday
Swabalamban Laghubitta Bittiya Sanstha Limited SWBBL 12.36 0.65 13.01 Mangsir 22, Friday Poush 4, Wednesday
Global IME Laghubitta Bittiya Sanstha Ltd. GILB 0.00 10.00 10.00 Poush 19, Thusday  Poush 29, Sunday
RSDC Laghubitta Bittiya Sanstha Ltd. RSDC 8.60 0.45 9.05 Mangsir 7,Thusday Mangsir 15, Friday
Mirmire Microfinance Development Bank Ltd. MMFDB 0.00 6.23 6.23  –
Samata Gharelu Laghubitta Bittiya Sanstha Limited SMATA 5.42 0.29 5.71

 

अहिलेसम्म लघुवित्त वित्तीय संस्थाहरूले लाभांश घोषणामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४.७३ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय संस्थाले कुल १३.६८ प्रतिशत, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कुल १३.०१ प्रतिशत र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी आर्थिक वर्ष २०७९–८० को खुद मुनाफाबाट आरएसडीसी लघुवित्तले कुल ९.०५ प्रतिशत, मिर्मिरे लघुवित्तले कुल ६.२३ प्रतिशत र समता घरेलु लघुवित्तले ५.०७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी लाभांश वितरण गर्ने कम्पनी २० पुगेका छन् । युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेपनि राष्ट्र बैंकले स्वीकृत दिएन भने बाँकी १९ कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । गत आवबाट ग्रामीण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, साधना लघुवित्त, सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, नाडेप लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, बिपीडब्लू लघुवित्त, उन्नति सहकार्य लघुवित्त, र नेरुडे लघुवित्त वित्तीय संस्थाहरूले कुनै पनि किसिमको लाभांश नदिने भएका छन् ।

Sector-Microfinance Stock Symbol Bonus Cash Total Bookclose AGM
Unique Nepal Laghubitta Bittiya Sanstha Limited UNLB 0.00 0.00 0.00 Poush 12, Thusday Poush 24, Tuesday
Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd. GBLBS 0.00 0.00 0.00 Mangsir 14, Thusday Mangsir 30, Saturday
Himalayan Laghubitta Bittiya Sanstha Limited HLBSL 0.00 0.00 0.00 Poush 16, Monday Poush 25, Wednesday
Gurans Laghubitta Bittiya Sanstha Limited GLBSL 0.00 0.00 0.00 Poush  4, Wednesday Poush 18, Wednesday
Manakamana Smart Laghubitta Bittiya Sanstha Limited MKLB  0.00 0.00 0.00
Upakar Laghubitta Bittiya Sanstha Limited ULBSL  0.00 0.00 0.00 Poush 18, Wednesday Poush 28, Saturday
Samudayik Laghubitta Bittiya Sanstha Limited SLBSL 0.00 0.00 0.00 Poush 19, Thusday  Poush 27, Friday
Forward Microfinance Laghubitta Bittiya Sanstha Ltd. FOWAD 0.00 0.00 0.00 Poush 18, Wednesday Poush 27, Friday
Ganapati Microfinance Bittiya Sanstha Limited GMFBS 0.00 0.00 0.00 Poush 20, Friday Poush 29, Sunday
Sadhana Laghubitta Bittiya Sanstha SDLBSL 0.00 0.00 0.00 –   –  
Sabaiko Laghubitta Bittiya Sanstha Limited SABSL 0.00 0.00 0.00 –   –  
Laxmi Laghubitta Bittiya Sanstha Ltd. LLBS 0.00 0.00 0.00 Poush 18, Wednesday Poush 29, Sunday
Nadep Laghubittiya bittya Sanstha Ltd. NADEP 0.00 0.00 0.00 Poush 19, Thusday  Poush 27, Friday
CYC Nepal Laghubitta Bittiya Sanstha Limited CYCL 0.00 0.00 0.00 Poush 18, Wednesday Poush 29, Sunday
Infinity Laghubitta Bittiya Sanstha Limited ILBS 0.00 0.00 0.00 Poush 20, Friday Poush 28, Saturday
Mero Microfinance Bittiya Sanstha Ltd. MERO 0.00 0.00 0.00
Mithila Laghubitta Bittiya Sanstha Limited MLBBL 0.00 0.00 0.00 Poush 16, Monday Poush 28, Saturday
BPW Laghubitta Bittiya Sanstha Limited   BPW 0.00 0.00 0.00 Poush 17, Tuesday Poush 29, Sunday
Unnati  Sahakarya Laghubitta Bittiya Sanstha USLB 0.00 0.00 0.00 Poush 17, Tuesday Poush 29, Sunday
Nerude Laghubita Bikas Bank Limited NLBBL 0.00 0.00 0.00
 –

 

यी हुन लाभांश घोषणा गर्न बाँकी २० लघुवित्त

गत आर्थिक वर्ष २०७९–८० बाट अझै २० ओटा लघुवित्त कम्पनीले लाभांश दिने वा नदिने निर्णय गर्न बाँकी छ । तथ्याङ्क अनुसार जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, निर्धन उत्थान लघुवित्त, आशा लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, किसान लघुवित्त, एनएमबि लघुवित्त, विजय लघुवित्त, डिप्रोक्स लघुवित्त, आरम्भ चौतारी लघुवित्त, कालिका लघुवित्त, मानुषी लघुवित्त, समाज लघुवित्त, विन नेपाल लघुवित्त, अभियान लघुवित्त र श्रृजनशील लघुवित्तले लाभांश घोषणा गरेका छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।