बुधबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र यी ७ कम्पनीको लाभांश पाउने


बुधबार सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेपाल टेलिकम (एनटिसी), मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई लघुवित्त, शिवम् सिमेन्ट्स, र बुटवल पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले बिहीबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनटिसीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभा पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकलेहाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०‍‍‍.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभा पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो २ बजे शुरु हुनेछ।

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०।५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ।

महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

यस्तै बुटवल पावरले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले उक्त लाभांस पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।