सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५३ औं बैठकले बैंकको चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँबाट ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ ६८ पैसा बोनस वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगमी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार ४३१ रुपैयाँ ६८ पैसा कायम हुनेछ।

काबेली विकास बैंकसँग सम्पन्न गरेको यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट बैंकले ३ प्रतिशत बोनस र ५.०३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सप्तकोशीसँग मर्जर भई आएको काबेलीले भने सो आवमा ३५ प्रतिशत बोनस बाँडेको थियो।

बोनस पश्चात बैंकले हकप्रद तथा बोनस वितरण गरि एक अर्ब २० करोड चुक्ता पूँजी कायम गरि राष्ट्र बैंकले तोकेको प्रादेशिक डेभलपमेन्ट बैंकलाई आवश्यक पूँजी कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

काबेली र सप्तकोशीले २०७६ असार २२ गते देखि दुबै संस्थाको एकीकृत कारोबार सुरु भएको थियो भने असोज १३ गतेबाट नेप्सेमा सप्तकोशीको शेयर कारोबार खुलेको थियो।