रिडी पावर कम्पनीको ५०% हकप्रद स्वीकृत

0
Shares

रिडी पावर कम्पनी लिमिटेडको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

बोर्डले पुस १९ गते कम्पनीलाई १० बराबर ५ कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निश्कासनको स्वीकृति प्रदान गरेको कम्पनी सचिव, सन्तोष अधिकारीले जानकारी दिए ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । बोर्डबाट स्वीकृत भएको हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ ।

साथै, हकप्रद सेयर प्रयोजनको लागि सेयर दर्ता किताब बन्द हुने मिति आगामी सञ्चालक समितिको बैठकबाट तय गरिने कम्पनी जानकारी दिएको छ । कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निश्कासनको पूर्व स्वीकृती प्राप्त गरि २०८० साउन २४ गते धितोपत्र बोर्डमा आवेदन गरेको थियो । कम्पनीको गत असार ८ गते सम्पन्न भएको विशेष साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद मार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ । निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।