विद्युत प्राधिकरणले रोकिराखेको पीपीए पूर्णरुपमा खुल्ला हुनुपर्छ: इप्पान

0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) पूर्णरुपमा खुल्ला गर्नुपर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा उनले निजी क्षेत्रको संलग्नताविना बिजुली निर्यात गर्नका लागि असम्भव रहेको उल्लेख गर्दै पीपीए पूर्णरुपमा खुल्ला गर्नुपर्ने बताएका हुन् ।

यस्तै अध्यक्ष कार्कीले निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गनुपर्नेमा जोड दिए ।

हाल निजी क्षेत्रले मात्र ३१ सय मेगावाट आयोजना बनाईरहेको बताउँदै उनले निजी क्षेत्रले निर्माण गर्न लागेका २० हजार मेगावाट बराबरका आयोजना निर्माणका विभिन्न चरणमा रहेको उल्लेख गरे ।

यस्तै उनले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालिन सम्झौता स्वागतयोग्य रहेको बताए ।

यसले नेपालको ऊर्जा विकासमा आगामी दिनका महत्वपूर्ण अवसरहरु सिर्जना भई अझ ऊर्जा विकासमा अग्रसर हुनका लागि थप ढोकाहरु खुल्दै जानुका साथै नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने उनले बताए ।

अहिले अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको बताउँदै उनले भने, ‘नेपाल तथा भारत सरकारले दई देशका निजी क्षेत्रलाई विद्युत व्यापारका लागि निजी क्षेत्रका कम्पनीहरुलाई बाटो खुल्ला गर्ने गरी थप नीतिगत व्यवस्था गर्ने अपेक्षा हामीले राखेका निर्वाध रुपमा पहुँच दिने गरी थप कार्य तुरुन्तै अघि बढाउने छ भन्नेमा पूर्ण विश्वास हामीले लिएका छौ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।