एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज

0
Shares

एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज भएको छ । योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरि फन्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो ।

एनआईबिएल प्रगति फन्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम (७) बमोजिम एनआईबिएल प्रगति फण्डको योजना खारेजी सम्बन्धमा २०८० पुस २४ गते सूचना प्रकाशित गर्न लागिएको योजना व्यवस्थापकले जनाएको छ ।

खारेजीमा गएसँगै अब योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटले फन्डको होल्डिङ्गमा रहेको धितोपत्रहरुको बिक्री गरी इकाईधनीलाई नगद रकम फिर्त गर्नेछ । कुल ७५ करोडको आकारमा सञ्चालनमा आएको ७ वर्ष अवधिको एनआईबिएल प्रगति फन्डको सोमबार अन्तिम पटक धितोपत्रको दोस्रो बजारमा ९ रुपैयाँ ३२ पैसामा कारोबार हुनेछ ।

मङिसर मसान्तसम्म कम्पनीको खुद सम्पत्ति ७२ करोड ५६ लाख ८९ हजार ९७१ रुपैयाँ कायम रहँदा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) ९ रुपैयाँ ६८ पैसा छ । यस अवधिमा फन्डको सूचीकृत सेयरमा ४२ करोड १२ लाख, मुद्दती निक्षेपमा १५ करोड, आईपीओ, हकप्रद, बोनस र सूचीकृत नभएको सेयरमा १४ करोड १८ लाख गरी कुल ७१ करोड ३० लाख ५७ हजार लगानी छ । यस्तै बैंक मौज्दात ८६ लाख ३ हजार र ६३ लाख ४४हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति छ ।

सात वर्ष अवधिमा फन्डले आव २०७७/७८ बाट ५० प्रतिशत, आव २०७८/७९ बाट ४.२ प्रतिशत र आव २०७९/८० बाट ६.८० प्रतिशत गरी कुल ६१ प्रतिशत बराबरको प्रतिफल वितरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।