माउन्टेन हाइड्रोको वार्षिक साधारण सभा सम्पन्न, १००% हकप्रद जारी गर्ने

0
Shares

माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारण सभा आज पुस २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । भव्य र सभ्य रुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९–८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।