डेडिकेटेड र ट्रंकलाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य : चेम्बर

0
Shares

नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधानका लागि छानविन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ ।

उच्चस्तरीय न्यागिक आयोग गठन मार्फत विद्युत महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको चेम्बरले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने देखिएको थियो । ढिलै भएपनि समस्या समाधान हुनेमा विश्वस्त छौं, ।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले निर्धारित समयमा आफ्नो छानविन पुरा गरी न्याया निरुपण गर्ने चेम्बरले उल्लेख गरेको छ । मन्त्रीपरिषदको निर्णय स्वागत योग्य रहेको भन्दै चेम्बरले लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजीक्षेत्र दुवैको भूमिका उत्तिकै जिम्मेवार हुने बताएको छ ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने चेम्चरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवादमा दिर्घकालिन समस्या समाधान खोज्न समेत चेम्बर अफ कमर्सले छानविन समितिसमक्ष आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।