बिरामीले गुनासो गर्नै नपर्ने गरी स्वास्थ्यसेवा दिन वीर अस्पताललाई प्रधानमन्त्रीको निर्देशन

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचारका क्रममा बिरामीले गुनासो गर्नपर्ने अवस्था नै नआउने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न वीर अस्पताललाई निर्देशन दिएका छन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री दाहालले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएको र सो अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको समग्र स्वास्थ्य सेवाको तस्वीर देखिने भएकाले जनताले अनुभूत गर्नेगरी गुणस्तरीय र सुलभ ढंगले सेवाप्रवाह गर्न निर्देशन दिएका हुन।

उक्त छलफलका क्रममा प्रधानमन्त्रीले वीर अस्पतालले माग गरेका स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको पनि जानकारी दिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।