लुम्बिनी विकास बैंकले पारित गर्यो साढे ८ प्रतिशत लाभांश


लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश साधारण सभाबाट पारित गरेको छ ।

बैंकको पुस २६ गते बिहीबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकले ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) बाट सेवा प्रदान गर्दै आएको छ । बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।