तीन दिनमा ६१ अंक बढेको बजारमा चौंथो दिन करेक्शन, नाफा सुरक्षित गर्नेको होड

0
Shares

पछिल्लो तीन कारोबार दिनमा लगातार बढेर ६१ अंक माथि उक्लिएको शेयर बजारमा चौथो दिन बजार खुल्नासाथ करेक्शन देखिन थालेको छ । जसले गर्दा पहिलो २० मिनेटमै दोहोरो अंक बढीले ओरालो लागेको छ ।

छोटो अवधिमा उच्चदरले बजार बढ्दा नाफा सुरक्षित गर्नेहरुको होड चल्दा मंगलबारको बजारमा बिक्रीको चाप परेको छ । जसले गर्दा अधिकांस कम्पनीहरुको शेयर मूल्य घटाएर किनबेच भएको छ ।

गत विहीबार ३.५१ अंकले बढेको बजार, यो साताको पहिलो दिन आइतबार ४२.६ अंकले बढेको थियो भने सोमबार १५.१४ अंकले बढेर १२७० अंक माथि पुगेको थियो ।तर मंगलबार भने बजार खुलेको केहिबेर सकारात्मक रहेको नेप्से निरन्तर घट्न थालेको छ ।

बजार खुलेको पहिलो २० मिनेटमा १२.८० अंकले घटेर १२५८ अंकमा झरेको छ । यस अवधिमा ११९ कम्पनीको ५ करोड ३१ लाखको कारोबार भएको छ । यसवधिसम्म एनसिसि बैंकको उच्च कारोबार भएको छ ।