गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्स एप खाता, सचेत रहन राष्ट्र बैंकको आग्रह

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप खाता संचालन गरिएको भन्दै राष्ट्र बैंकले सरोकारवाल सबैको ध्यानकर्षण गराएको छ ।

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै खोलिएको ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेकोे भन्दै राष्ट्र बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्वाट्स एप खाता बनाइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।