ब्रिटिस काउन्सिल नेपालले साँस्कृतिक तथा शैक्षिक सम्वन्ध सुधिढिकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

0
Shares

ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ ।

नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता  व्यक्त गरे । महामहीम राजदूत रब फेनले भने, “ बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई  रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहिरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।“

त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले भने, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।”

बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् ।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरे ।

विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व  र संघसंस्थाहरुसँग मिलेर लाखोंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोडन सफल भएकोछ,” उनले भने ।

लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएकोछ । विगतका ६५ बर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजिकरण गर्दै विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।  प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ एप्रिल, २०२४ सम्म खुला रहनेछ ।

द ब्रिटिश काउन्सिल संयुक्त अधिराज्य बेलायतको सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरुका लागि अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाले संयुक्त अधिराज्य र विश्वभरका देशहरुमा रहेका मानिसहरुबीच सम्पर्क, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिलाई सहयोग गरेको छ । यो कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामा हाम्रा कार्यहरुका माध्यमबाट गर्ने गरेको छ । द ब्रिटिश काउन्सिलले दुई सयभन्दा बढी देश तथा क्षेत्रहरुमा रहेका मानिसहरुसँग काम गर्दै सन् २०२२÷२३ मा हामी ६० करोड मानिसहरुसम्म पुग्न सफल भएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।