आईसिएफसि फाइनान्समा तीन सञ्चालक चयन, नगद लभांश अनुमोदन

0
Shares

आईसिएफसि फाइनान्स कम्पनीको आइतबार सम्पन्न २० औं वार्षिक साधारण सभाले संस्थाको नियमावली अनुसार तीन जना सञ्चालक चयन गरेको छ ।

पुस २९ गते आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाण्डौमा सम्पन्न भएको सभाले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा भएको निर्वाचनमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टराईलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट चयन गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको कर सहित ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै सभाले आव २०८०–८१ को लागि “एन. अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्” लाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।