रिलायबल नेपाल लाइफको ३ लाख ११ हजार कित्ता सेयरको लकइन खुल्दै

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन माघ मसान्तपछि खुला हुने भएको छ ।

कम्पनीका अनुसार सार्वजनिक सेयर निश्कासन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको सेयरहरुमध्ये सो निर्देशन जारी भए पश्चात लकइनमा राखिएको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि माघ मसान्तमा सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते पत्राचार गर्दै लकइनमा रहेका शेयरहरको सो अवधि समाप्त हुनु भन्दा १ महिना अगावै राष्ट्रिय दैनिक पत्रिकामा लगानीकर्ता तथा सरोकारवालाहरुको जानकारीको लागी सूचना प्रकाशित गर्नु पर्ने व्यवस्था गरे अनुसार कम्पनीले सूचना प्रकाशन गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।