भैरवकुण्ड विद्युत् आयोजनामा पहिरोबाट व्यापक क्षति

0
Shares

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ।

पहिरोबाट व्यापक क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादन समेत बन्द भएको छ। पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटर समेत पुरिएका छन्।

करिब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

त्यहाँ उत्पादित विद्युत् लामोसाँघु सव–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइन मार्फत प्रवाह हुँदै आइरहेको थियो।